Wednesday, October 23, 2024

वन कार्यालयले लिलामी गर्न खोजेको यार्सा नक्कली

Share

कात्तिक १३, नेपालगञ्ज – भदौ १६ गते नेपालगञ्ज विमानस्थलमा डोल्पा ठूलीभेरी–६ का सोवर्णकुमार बुढा ६ किलो एक सय ग्राम यार्सागुम्बासहित पक्राउ परे । ६ किलो एक सय ग्राममध्ये साढे तीन किलोको बुढासँग पूर्जी थियो । प्रहरीले बुढा र यार्सालाई वन कार्यालयमा बुझायो ।

१९ दिन हिरासतमा बसेका बुढा ५ लाख ५० हजार धरौटीमा रिहा भए । बुढाबाट बरामद गरिएको यार्सालाई वन कार्यालयले लिलामी प्रक्रिया अघि बढायो । त्यो यार्सालाई टेण्डर प्रक्रियाबाट हात पार्न डोल्पाका लिलराज रोकायदेखि कालिकोटका नरेश शाहीसमेत गरी ११ जना वन कार्यालयमा आइपुगे ।

एक लाख ८३ हजारको उक्त टेण्डर हात पार्ने तरखरमा रहेका व्यवसायीहरुले अन्तिम अवस्थामा यार्सा हेर्ने मौका पाए । जब उनीहरुले यार्सा देखे, छाँगाबाट खसेजस्तो भए । व्यवसायी रोकाय भन्छन्, सोवर्णले डोल्पाबाट ल्याएको यार्सा नै थिएन । त्यहाँ त भारतमा सस्तो पाइने यार्सा राखिएको थियो ।

कमसल खालको यार्सा लिलामी प्रक्रियामा राखेको थाहा पाएपछि सबै व्यवसायीहरु पछि हटे । र, बबाल गरे ।

Read more

Local News