Wednesday, October 23, 2024

लिलामी गर्नेक्रममा डिभिजन बन कार्यालयमा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग

Share

नेपालगञ्ज – लिलामी गर्नेक्रममा यार्सागुम्बा साटिएको भन्दै ब्यवसायीहरुले छानविनको माग गरेका छन् । मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको मिलेमतोमा नक्कली (कमसलखालको) यार्सागुम्बा लिलामी प्रक्रियामा राखिएको दावी गरेका हुन् । जिल्ला बन कार्यालय बाँकेले सोमबार यार्साको लिलामीका लागि सोमबार टेण्डर खोल्नेक्रममा यार्सा देखेका ब्यापारीहरुले नक्कली यार्सा गुम्बा देखाइएको दावी गर्दै सत्यतथ्य छानविनको माग गरेका हुन् ।

भदौं १६ गते डोल्पाबाट नेपालगञ्ज आउनेक्रममा राझा विमानस्थलमा ६ किलो १०० ग्राम जडिबुटी सहित डोल्पाका सुवर्ण कुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो । बुढाले ६ किलो ४०० ग्राम यार्सा  एक करोड ३२ लाख रुपियामा खरिद गरि ल्याएको बताऐ । एक करोड ३२ लाखमा खरिद गरिएको यार्सा दुईलाख रुपियामा समेत बिक्रि नहुनेखालको भएको बुढाले दावी गरे । डिभिजन बन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेलले  लामो अनुसन्धनपछि अदालतमा मुद्धा दर्ता भएको, सिल गरेको र सुरक्षा घेरामा रहेका कारण ब्यवसायीले भने जस्तो यार्सा साटफेर हुने सम्भवना नै नरहेको बताए । अब पुनः टेण्डर खोल्ने उनले बताए ।

Read more

Local News