Sunday, October 27, 2024

प्रशिक्षक बर्खास्तपछिको पहिलो खेलमा रियल मड्रिडको शानदार जित

Share

कात्तिक १५, काठमाडौँ – लगातारको खराब प्रदर्शनपछि नियमित प्रशिक्षक जुलियन लोपेतेगीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ ।

ला लिगा फुटबल अन्तर्गात सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड ५–१ ले पराजित भएपछि क्लबले प्रशिक्षक लोपेतेगीलाई बर्खास्त गरेर जिम्मेवारी अन्तरिम कालका लागि बी टिमका प्रशिक्षक सान्निटयागो सोलारीलाई दिएको छ ।

सोलारीले अन्तरिम प्रशिक्षकका रुपमा विजयी सुरुवात गरेका छन् । स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको पहिलो लेगको खेलमा रियल मड्रिडले तेस्रो डिभिजनको क्लब मेलिलालाई ४–० ले हराएको हो ।

पछिल्लो पटक सन् २०१४ मा कोपा डेल रे को उपाधि उचालेको रियल मड्रिडले नयाँ प्रशिक्षकको अण्डरमा अवे मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गरेको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्को एसेन्सिओले पहिाले हाफमा गोल गरे । यस्तै दोस्रो हाफमा अल्भारो ओड्रिओजोला र क्रिष्टो गोन्जाल्वेजले गोल गरे ।

बेन्जिमाले २८ तथा एसेन्सिओले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । यस्तै ओड्रिओजोलाले ७९ तथा गोन्जाल्वेजले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि रियल मड्रिडले ४–० को जित निकालेको हो ।

लोपेतेगीलाई रियलले १४ खेलपछि गएको सोमबार बर्खास्त गरेको हो । उनी यहि सिजन रियल मड्रिडमा अनुबन्धित भएका थिए । बुधबार रातिअघिका पछिल्ला ६ खेलमा क्लब पाँचमा पराजित भएपछि लोपेतेगीको जागिर गएको हो ।

लोपेतेगीको ठाउँ अन्तरिम रुपमा लिन आएका सोलारीले टिमलाई आश लाग्दो जित दिलाएका छन् । दोस्रो लेग आउँदो डिसेम्बर ५ मा रियलको मैदानमा हुनेछ ।

Read more

Local News