Wednesday, October 23, 2024

सरकारद्वारा सबै ‘पोर्न साईट’ बन्द गराउन कडा निर्देशन

Share

काठमाडौँ –  समाजमा विभिन्न खालका अपराधमा वृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका हुन्।

पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको निष्कर्ष छ।

विहीबारमात्र कञ्चनपुरमा एक १० वर्षे बालकले ७ वर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो। यो घटनापछि मन्त्रालय सम्बेदनशील देखिएको हो।

सो घटना सार्वजनिक भएको भोलिपल्टै मन्त्री बास्कोटाले ‘पोर्न साइट’ हरु बन्द गर्ने निर्देशन दिए।

‘अनपेक्षित रुपमा जसरी देशभरि बलात्कारका घटना भएका छन्, तिनमा ‘पोर्न साइट’ को पनि भूमिका छ भन्ने विश्लेषण मन्त्रालयको राजनीतिक नेतृत्वको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले, त्यस्ता साइट बन्द गर्न मन्त्री बास्कोटाको कडा निर्देशन छ।’

Read more

Local News