Sunday, October 27, 2024

स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा ,खाशोग्गीको घाँटी अँठ्याएर हत्या गरिएको टर्कीले दाबी

Share

कात्तिक १५, काठमाडौँ – लामो समयदेखि पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा आफूसँग प्रसस्त प्रमाण रहेको र त्यो सार्वजनिक गर्ने बताउँदै आएको टर्कीले यसबारेमा पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका साउदी पत्रिकार खाशोग्गी गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।

दुई हप्ताभन्दा लामो समय उनका बारेमा कुनै जानकारी नरहेको बताएको साउदीले पहिले उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो र त्यसको दुई दिनपछि उनको हत्या भएको स्वीकार गर्यो ।

उनको हत्यामा खराब नियत भएका एजेन्टहरुको संलग्नता रहेको साउदीको भनाई छ । साउदीले खाशोग्गीका बारेमा जानकारी नरहेको बताइरहेका बेला पनि टर्कीका अधिकारीले उनको हत्या भएको र त्यसको प्रमाण आफूहरुसँग रहेको बताएका थिए ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले घटनाका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने बताएका थिए।

साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान, जसले पछिल्लो वर्षमा भ्रष्टाचार विरुद्ध अभियान चलाएको तथा सुधारका काम गरेको भनिएको छ, खाशोग्गीका उनका कडा आलोचक थिए ।

यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ । साउदी अरेबियाले भने खाशोग्गीका बारेमा क्राउन प्रिन्सले निर्देशन दिनु त परको कुरा यसबारे जानकारी पनि नरहेको स्पष्ट रुपमा दाबी गरेको छ ।

खाशोग्गी हत्या प्रकरणले दुई मित्र राष्ट्र अमेरिका र साउदी अरेबियाको सम्बन्धमा दरार आउने खतरा बढ्यो । तर अमेरिका, विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्प खाशोग्गी हत्याको ‘कभर–अप’ साउदीलाई साथ दिन लागेको आरोप छ, जुन अमेरिका र ट्रम्पले स्पष्ट रुपमा अस्वीकार गरेका छन् ।

टर्कीको भनाई र उससँग रहेको भनिएका प्रमाणहरु खाशोग्गीको हत्यामा लुकेका कुराहरु बाहिर ल्याउन महत्वपूर्ण हुने अनुमान गरिएका बेला खाशोग्गीको हत्या भएको एक महिनापछि उसले आधिकारिक वक्तव्य निकालेको हो ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसे लगत्तै खाशोग्गीको घाँटी अँठ्याएर हत्या गरिएको टर्कीले दाबी गरेको छ । टर्कीले उनका घाँटी अँठ्याएर लतत्कालै हत्या भएको बताए पनि यसबारेको प्रमाण भने सार्वजनिक गरेको छैन ।

घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेका टर्कीका प्रमुख अनुसन्धानकर्ता इरफान फिदाननले यो हप्ता साउदी अरेबियाका समकक्षीसँगको बैठकबाट ठोस निष्कर्ष नआएको बताएका थिए । साउदी अरेबियाले त्यो बैठकबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

टर्कीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पहिले नै बनाइएको योजना अनुसार, पीडित जमाल खाशोग्गी कन्सुलर कार्यालय पसे लगत्तै घाँटी थिचेर हत्या गरिएको हो ।’

खाशोग्गीको शरीर हत्यापछि टुक्रा टुक्रा पारेर नष्ट गरिएको र यो पनि पूर्व योजना अनुसार नै रहेको टर्कीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । खाशोग्गीको शरीर अहिलेसम्म भेटिएको छैन ।

पत्रकार जमाल खाशोग्गीकी फियोन्सी हटिचे जेनगिज

टर्की, अमेरिका र साउदी अरेबिया तीनै देश खाशोग्गीको हत्या स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएकोमा एकमत भएका छन् । तर त्यसको कारण र शरीर भने भेटिएको छैन । र उनको मृत्यु कसरी भयो भन्नेमा अझै पनि एकमत वा ठोस कारण बाहिर आएको छैन ।

साउदी अरेबियाका अधिकारीसँगको बैठकमा आफूहरुले खाशोग्गीको शरीर, हत्याको योजनाबारेको नयाँ जानकारी तथा स्थानीय सहयोगीका बारेमा जानकारी मागेको टर्कीले बताएको छ ।

यसअघि एक साउदी अधिकारीले नाम नबताउने शर्तमा समाचार संस्था रोयटर्ससँग खाशोग्गीको शरीर गलैँचामा बेरर स्थानीय सहयोगीलाई दिएको बताएका थिए ।

साउदी अरेबियाले सबै प्रश्नको सही जवाफ संयुक्त अनुसन्धानबाट मात्रै आउने बताएको छ । टर्कीले यसबारेका थप जानकारीहरु भने अहिले नै बाहिर ल्याएको छैन ।

Read more

Local News