Tuesday, September 10, 2024

संघीय संसदलाई चाहियो बिलासी गाडी

Share

कात्तिक १५, काठमाडौँ – संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम माग गरेको अन्नपूर्णले लेखेको छ । चढेका गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो ।

समाचार अनुसार सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्प्युटर खरिद गर्न लागेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि नयाँ गाडी किन्न लागिएको संसद् सचिवालयलाई उद्धृत गदै अन्नपूर्णले समाचार लेखेको छ ।

अन्नपूर्ण लेख्छ– राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । सचिवालयले सवारी खरिदका लागि १७ करोडभन्दा बढी रकम अर्थसँग मागेको छ ।

 

Read more

Local News