Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Friday, May 23, 2025

नेपाल र थाईल्याण्डबीच एेतिहासिक हवार्इ सम्झौता, थार्इल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान पाउने

Share

कात्तिक १६ ,काठमाडौँ – नेपाल र थाईल्याण्डबीच सन १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थार्इल्यान्डको बैंककमा भएको सम्झौतापछि थार्इल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान पाउने बाटो खुलेको छ ।

 

समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र जुनसुकै विमानस्थलमा अवतरण गर्न पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।

यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।

नेपाली पक्षका  वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

थार्इ पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यस्थ विन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ  ।

नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थार्इल्यान्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

Read more

Local News