कात्तिक १६ ,विराटनगर – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निराशाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेेे दाबी गरेका छन् ।
उनले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए ।
विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च गर्ने क्षमता भने बढाउनु पर्ने बताए ।
उनले वित्तिय संघीयता लागू भएको चार महिनामा सबै ठीकठाक हुन्छ भनेर सोच्नु हतार हुने पनि बताए ।
प्रदेश सरकारको आफ्नै संरचनाहरु बन्ने क्रममा रहेको भन्दै उनले संघबाट प्रदेेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने जानकारी दिए ।
मन्त्री खतिवडालेे संरचना दिने र लिने विषय भएकोले दिनेले दिन सक्नु पर्ने र लिनेसँग त्यो संचालनको क्षमता हुनु आवश्य रहेको बताए ।
उनले कर्मचारी समायोजनमा ढिलो भएको स्वीकार गर्दै संघीय निजामती कानून आउनासाथ त्यो समस्या समाधान हुने बताए ।
अर्थमन्त्री खतिवडाले वित्त अयोगको अभावमा भने काम नरोकिएको दाबी गर्दै त्यसलाइ पनि चाडै टुङ्याउने जानकारी दिए । स्थानीय तहमा करको समस्या अहिले नरहेको उनको दावी छ ।