Sunday, October 27, 2024

राष्ट्रकवि घिमिरेसँगै नेपालका प्रतिष्ठित कलाकारको स्वरमा रेकर्ड, गीत गिनिज वल्र्ड रेकर्डमा दर्ता

Share

कात्तिक १७, काठमाडौँ – वातावरण संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संसारमै पहिलोपटक राष्ट्रकवि माधव घिमिरेसँगै नेपालका प्रतिष्ठित नेपाली कलाकारको स्वरमा रेकर्ड भएको गीत गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

०७३ जेठ ६ गते सिंहदरबारस्थित रेडियो नेपालमा वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीबाट उद्घाटन गरिएको कार्यक्रम ०७४ मा राष्ट्रपति विद्यादेखी भण्डारीबाट लोकार्पण भएको थियो । सोही गीत ०७५ असोज २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थितिमा सहभागी सम्पूर्ण कलाकारलाई अभिनन्दन पनि गरिएको थियो ।

सम्पूर्ण कलाकारलाई गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ । प्रमाण पत्र पाउनेमा सुर्खेतका तीन जना कलाकार टीका पुन, शिव संगीत र स्मृति तिमिल्सेना पनि परेका छन् ।
नयाँ पत्रिकाबाट

Read more

Local News