Sunday, October 13, 2024

बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अदालतमा मुद्दा

Share

कात्तिक १७, काठमाडौँ – १२ वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

धनुषामा बलात्कार घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पताल धनुषाका डा। भिके सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध अख्तियारले मद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार धनुषा जिल्लामा गत भदौ ४ मा १२ वर्षीया बालिका बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान क्रममा भदौ ९ मा जनकपुर अञ्चल अस्पतालमा पीति बालिकाको स्वास्थ्य परीक्षण गराउँदा डा. सिंह र गोइतले बलात्कार नभएको प्रतिवेदन दिएका थिए।

त्यसपछि प्रतिवेदनमाथि शंका गर्दै भदौ २४ मा जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो।

डा. सिंह र डा। गोइतले बलात्कारी जोगाउन गलत प्रतिवेदन दिएको भन्दै अख्तियारमा पीडितको उजुरी परेको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Read more

Local News