Tuesday, September 10, 2024

तालिबान लडाकुको ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या

Share

कात्तिक १७, काठमाडौँ – तालिबान लडाकुको ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए-इस्लामकाको शाखा प्रमुख समेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो ।

मौलाना समी उल हकलाई पाकिस्तानमा तालिबानको जनक मानिन्छन् । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुहरुले तालिम लिएका थिए ।

उनी रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकामा बस्दथे । उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।

मौलाना समी उल हकको उमेर ८० वर्ष भन्दा बढी थियो । उनी सन् १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बने । यही मदरसाबाट हजारौं तालिबान लडाकुहरुले इस्लामी शिक्षा हासिल गरेका थिए ।

निकै प्रभावशाली मानिने धर्मगुरु मौलाना समी उल हकको हत्या निकै संवेदनशील समयमा भएको बीबीसीले लेखेको छ । ईलाई युवती आसिया बीबीलाई रिहा गरिएपछि पाकिस्तानमा धार्मिक समूहरुहरुले प्रदर्शन गर्दै आएका छन् । मौलाना समी उल हक पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले बाटो बन्द गरिदिएपछि उनी आफ्नो घरमा फर्किएका थिए ।

मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकको एक धार्मिक परिवारमा भएको थियो । राजनीतिक विश्लेषकहरुले उनलाई तालिबानको रुहानी नेताको रुपमा लिने गर्दछन् ।

Read more

Local News