Wednesday, October 30, 2024

विस्तारित चक्रपथको कलंकी-काटेश्वर खण्ड जोखिमयुक्त, बाटो कहाँबाट काट्ने ?

Share

कात्तिक १९, काठमाडौँ – विस्तार भएर सकिने चरणमा रहेको चक्रपथको कलंकी-काटेश्वर खण्ड जोखिमयुक्त बनेको छ । पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन । त्यसैले सडकको वारपार हेर्दै ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौं मान्छे सडक वारपार गर्दैछन् ।

चक्रपथ विस्तार आयोजनाका अनुसार हाल कोटश्वर, ग्वार्की, सातदोबेाटो, एकान्तकुना, बल्खु, सानेपा र कलंकीमा मात्रै जेब्रा क्रसिङ बनाइँदैछ । केही स्थानमा जेब्रा क्रसिङको मार्किङ बाँकी नै छ ।

त्यसभन्दा बाहेेकका स्थानमा तत्कालै जेब्रा क्रसिङ बनाउने कुनै योजना छैन । सडक विभाग अन्तरगतको यो आयोजनाले थप जेब्ा क्रसिङको आवश्यकता महसुस नगरेको होइन, तर चीन सरकारले आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छैन ।

‘हामी थप कता-कता थप जेब्रा क्रसिङ बनाउने भनेर हेर्दैछौं । तर, अहिले टुंगो लागेको छैन,’ आयोजनाका इन्जिनियर शर्मा भन्छन्,’बाटो काट्ने यात्रुको चाप हेरेर विभिन्न स्थानमा जेब्रा क्रसिङ थप्नैपर्ने आवश्यकता छ । अहिले नै चाँही जेब्रो क्रसिङ थपिँदैन ।’

पहिलेको योजनाअनुसार जेब्रा क्रसिङहरु राखेर आयोजनाले सडक हस्तान्तरण गर्नासाथै सडक विभागले यो सडकलाई पुनः यात्रु तथा सवारी मैत्री हुने गरी पुनर्निर्माण गर्ने योजना त बनाएको छ । तर, सडक निर्माण सकिने चरणमै चक्रपथको यात्रा जोखिमपूर्ण बनेको छ ।


हाल आयोजना अन्तरगत चीन सरकारको सहयोगमा काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल निर्माण गरिएको छ । करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् । मुख्य चोकहरुमै आकाशे पुल नभएपछि यो सडकमा बाटो काट्नु नै जोखिम पूर्ण छ । अन्य ६ स्थानमा आकाशे पुल निर्माण्को योजना त बनेको छ, तर कहिलेबनेर सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ । प्रत्येक किलोमिटर एण्टा आकाशे पुलको परिकल्पना गरिएको भने छ ।

सडक विभागका अधिकारीहरुका अनुसारसडकको डिजाइनमै त्रुटी हुँदा यस्तो समस्याहरु आएका हुन् । चक्रपथ शहरी सडक भएपनि यसलाई राजमार्गको शैलीमा डिजाइन गरिएको छ । चिनियाँ कम्पनीले दिएको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश र नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल यो सडक बनेन ।

एक्प्रेश-वेको शैलीमा डिजाइन गरिँदा योसडक निकै अवैज्ञानिक भयो । सडकममा बीचका ४ लेनमा ५० कलिोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ । यो सहरी सडकमा अत्याधिक गति हो । सर्भिस लेन २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन मिल्ने गरी डिजाइन भएको छ ।

सडकका विभिन्न भागहरुमा सवारीलाई क्रसिङहरु दिन कुनै पूर्वाधारहरु बनाइएका छैनन् । जसले गर्दा क्रस लिन सवारीहरुलाई पनि ठूलौ जोखिम उठाउनुपर्छ । कतिपय स्थानमा त विकल्पहरु पनि छैनन् । सडा पार गर्न टाढा पुगेर फर्किएर आउनुपर्ने बाध्यता छ ।


सडकको अवैज्ञानिक डिजाइनले रातको समयमा सवारी चलाउनु पनि यहाँ जोखिमपूर्ण हुने देखिएको छ । २-२ वटा स्पीड लनेहरु छुटि्टने सडकका बीच भागमा ‘मिडियन’हरु राखिएका छैनन् । यसका कारण तीब्र गतिमा चक्रपथमा चल्ने सवारीले जतिसुकै बला दुर्घटना गराउने जोखिम उच्च छ । रातको समयमा सवारी सुरक्षाका लागि के गर्ने भन्ने पाटोहरुलाई बेवास्ता गरिएको छ ।

नेपालमा लेन मिचेर सवारी ‘ओभरटेक’ गर्ने चलन अनियन्त्रित जस्तै छ । झन चक्रपथ फराकिलो हुँदा चालकहरुमा आत्मविश्वास धेरै हुने भएकाले यो सडकमा दुर्घटनाको जोखिम उच्च भएको सडक विभागका अधिकारीहरु नै स्वीकार्छन् ।

मिडियन नहुँदा बाटो काट्नेलाई पनि लगातार ८ लेनसम्म एकोहोरो हिडिँरहन दबाव पर्छ । बीचमा मिडियन भए त्यसको छेकोमा उभिएर फेरि अर्को लेनबाट आएका सवारी हेरेर बाटो काट्न सजिलो हुन्थ्यो । तर, मिडियन नै नभएपछि चक्रपथमा बाटो काट्न कम्ती सास्ती र जोखिमयुक्त छैन ।

चक्रपथमा दैनिक हजारौं यात्रुले हाल जोखिम मोलेर सडक क्रस गरिरहेका छन् । यसका कारण चक्रपथ सवारी दुर्घटनाको ‘ब्ल्याक स्पट’ बन्ने खतरा बढेको सडक विभागका अधिकारीहरु नै स्वीकार्छन् ।

Read more

Local News