Tuesday, October 22, 2024

साउदीका शक्तिशाली युवराजले गरे परमाणु रियाक्टर बनाउने घोषणा

Share

कात्तिक २०,  काठमाडौँ – साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाको औपचारिक घोषणा गरेका छन् ।

साउदी अरेबियाको सरकारी समाचार संस्थाका अनुसार क्राउन प्रिन्स मोहम्मदले परमाणु रियाक्टर योजनाको घोषणा गरेका हुन् । क्राउन प्रिन्स मोहम्मदले सोमबार योजनाको खाका पनि प्रस्तुत गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

रियाक्टर कस्तो हुने छ भन्ने जानकारी बाहिर भने ल्याइएको छैन । यसको प्रयोग अनुसन्धान, विकास या शैक्षिक प्रयोजनका लागि हुनेछ भन्ने खुलाइएको छैन ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

विश्वमा तेलको सबैभन्दा ठूलो भण्डारको रुपमा रहेको साउदी अरेबियाले देशमा उर्जाको आवश्यकतालाई तेल तथा प्राकृतिक ग्यास मार्फत पूरा गर्दै आएको छ ।

साउदी अरेबियाले आउँदो दुई दशकमा १६ वटा परमाणु रियाक्टर बनाउने योजना बनाएको छ । यसका लागि झण्डै ८० अर्ब अमेरिकी डलर खर्च हुनेछ ।

Read more

Local News