Tuesday, December 10, 2024

थापा र राणाबीच भेटवार्ता, दुई राप्रपा बीच एकताको विषयमा छलफल

Share

कात्तिक २१, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक्र) बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा छलफल गर्न भएको वार्ता सकारात्मक रूपमा सकिएको छ ।

महाराजगन्जस्थित होटेल ला शेर्पामा मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच भएको छ । उनीहरूबीच पार्टी विभाजन हुनु अघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजका आधारमा एकीकरण गर्ने सहमति भएको हो । केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहे पनि अन्य विषयमा सहमति बनिसकेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

राप्रपा अध्यक्ष थापाले राणासँगको वार्ता सकारात्मक भएको बताएका छन् । ‘समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार मंगलबार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबरासँग सौहार्दपूर्ण कुराकानी भयो । वार्ता सकारात्मक रहेको छ । वार्ता जारी रहनेछ,’ थापाले ट्विटरमा लेखेका छन् ।
नयाँ पत्रिकाबाट

Read more

Local News