Sunday, October 27, 2024

नायक निखिल उप्रेती भिलेन बनेर आउँदै

Share

कात्तिक २१, काठमाडौँ – नायकको रुपमा फिल्ममा अभिनय गर्दै आएका अभिनेता निखिल उप्रेतीलाई चलचित्रमा खलनायकको रुपमा देख्न पाईने भएको छ । चलचित्र ‘भिलेन’ मा उनी खलचरित्रमा देखिँदैछन् ।

यो चलचित्रलाई निर्माण पक्षले २९ पौषमा देशव्यापी रिलिज गर्दैछ । माघे संक्रान्तिलाई लक्षित गरेर रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

सोमबार यसको फस्ट लुक्सको रुपमा दुई ओटा पोष्टर रिलिज गर्दै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो । जसमा निखिललाई मात्र स्थान दिईएको छ । निखिल उप्रेतीसँगै यो चलचित्रमा शिल्पा पोख्रेल, निशा अधिकारी, कपिल खत्री लगायतको अभिनय रहेको छ । यो चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

Read more

Local News