Wednesday, October 23, 2024

पूर्व पर्यटन दुत पाण्डे भन्छन : अमेरीका आउन चाहने व्यक्ति नै सजक हुनुपर्छ

Share

कात्तिक २२, काठमाडौँ – अमेरिका जाने रहर सबैलाइ नै होला, अमेरिका लैजान्छु भन्ने मान्छेहरु पनि अहिले चोक चोक तथा गल्लि गल्लिमा भेटिन्छन् । तर लैजान्छु भन्ने बितिकै लान सक्ने र जान्छु भनेर गै हाल्न भने सहज पक्कै छैन ।

अमेरीका लैजान्छु भन्नेहरु को लहैलहैमा लागेर धेरैको समय तथा पैसा खर्च भएको बेलाबेला मा सुन्दै आएका छौ । भिसा लगाइदिने भन्दै अमेरीकाको संघसस्थाको नक्कली हस्ताक्षर तथा स्टाम्प प्रयोग गरि संघसस्थाको नाम दुरुपयोग गर्ने व्यक्ति तथा जमात यहाँ ठूलै भएको बुझिएको छ ।

अमेरीकाको सनफ्रान्सीस्को निबासि पूर्व पर्यटन दुत (H-PRR) अनिल पाण्डे यस बिषयमा अमेरीका आउन चाहने व्यक्ति नै सजक हुनु पर्ने बताउछन् । स्थगित भएको कार्यक्रमको नाममा तथा हुदै नभएका कार्यक्रमको नाममा भिसा प्रोसेस गराएर भिसा फि मात्र खर्च भएका उदाहरण दिदै पाण्डेले भिसा लागिहाले पनि अमेरीका पुगेर बिचल्ली हुने बताएका छन् । हामि संग कुरा गर्दै पाण्डेले धेरै को भिसा लागि सके पछि पनि क्यान्सिल भएको उनले बताए ।

मोटो रकम दिएर भिसा लिएर अमेरीका पुगेको समाचार बाहिर आइरहदा त्यो पैसाले आफ्नै ठाउमा केहि गर्न सके अमेरीका भन्दा बढि नेपालमै आत्मसन्तुष्टि पाइने पाण्डे बताउछन् ।

अहिलेको डिजिटल समयमा अमेरीका जाने व्यक्ति र अमेरीका लैजान पठाइने पत्रमा हस्ताक्षर गर्ने व्यक्ति तथा संघ सस्था बिच फेस टु फेस कुरा गरेर प्रोसेस गर्न पनि पाण्डेले अनुरोध गरेका छन् ।

Read more

Local News