Sunday, October 27, 2024

छाला सुन्दर पार्नका लागि के खाने, के नखाने ?

Share

काठमाडौँ  

कार्बोहाइड्रेटजन्य खाना 

शरीरमा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने डन्डीफोर र छालामा धब्बा देखापर्ने समस्या उत्पन्न हुन्छ। छाला सुन्दर पार्न ब्रेड, क्यान्डी, पास्ता, सोडा, जुसजस्ता कार्बोहाइड्रेट र चिनीको मात्रा उच्च भएका खाना कम खानु राम्रो हुन्छ। यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँछ। जसले गर्दा शरीरमा चिल्लो पदार्थ बढी उत्सर्जन हुन्छ र यसले डन्डीफोर चाँडो फैलाउँछ। कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ। यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँदैन।

बढी नुन  
आँखाको तलपट्टिको भाग सुनिने अथवा आँखावरिपरि डार्क सर्कल देखापर्ने समस्याबाट हैरान हुनुभएको छ भने पक्कै पनि तपाईंले सोडियमको मात्रा बढी लिइरहनुभएको छ। यस्ता समस्याबाट छुटकारा पाउन शरीरमा सोडियमको मात्रा घटाउनुपर्ने हुन्छ। यसका लागि हामीले दिनहुँ खाने नुनको मात्रामा कटौती गर्नुपर्ने हुन्छ।

बढी नुन खानाले टिस्युलाई फुलाउने गर्छ, जसकारण आँखा तलको छाला सुनिएजस्तो देखिन्छ। मानिस जतिबेला पनि थाकेकोजस्तो देखिन्छ। नुनको मात्रा घटाएपछि यसको क्षतिपूर्तिका लागि केरालगायत पोटासियमयुक्त खानाको मात्रा बढाउनुपर्छ।

बढी मदिरा  
सन्तुलित मात्रामा मदिरा लिने हो भने यसले स्वास्थ्यमा खासै हानि गर्दैन। तर, यसको मात्रा सन्तुलन बाहिर गयो भने यसले समग्र स्वास्थ्यसँगै छालामा पनि हानि पु¥याउँछ। बढी मात्रामा रक्सी खाँदा यसले शरीरमा पानीको मात्रा कम गराउँछ। शरीरमा पानीको मात्रा कम भएमा छाला चाउरिने, सुक्खा हुनेलगायत समस्या देखापर्छ। यसले शरीरमा भिटामिन ‘ए’ को मात्रा पनि घटाउँछ। भिटामिन ‘ए’ ले बिग्रिएको छाला मर्मत गर्ने, नयाँ छाला उत्पादन गर्न सघाउनेलगायत काम गर्छ। रक्सीको मात्रा बढी हुँदै गयो भने डन्डीफोर, अनुहारमा रातो धब्बा हुने, लुतो, दादलगायत समस्या देखापर्न थाल्छ।

बढी बोसो भएको खाना 
बोसो बढी भएको खाना, घीउ, बोसोयुक्त मासु आदिले छालालाई हानि पु¥याउँछ। छालाको स्वास्थ्यका लागि उपयुक्त हुने बोसो ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेललगायतमा पाइने भएकाले यस्ता खानाको मात्रा बढाउनुपर्छ। यस्ता खानाले छालाको क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ।

दूधजन्य पदार्थ 
दूधजन्य पदार्थ स्वास्थ्यका लागि ज्यादै राम्रो हुन्छ। तर, ओखती पनि बढी भयो भने यसले खती गर्छ भनेझैँ यसको मात्रा बढी भयो भने यसले छालालाई पिरोल्न थाल्छ। दुग्धपदार्थ बढी मात्रामा लिने गर्दा डन्डीफोर, नाक वरिपरि कालो तथा सेतो गिर्खा आउनेलगायत समस्या उत्पन्न हुने विभिन्न अनुसन्धानले देखाइसकेका छन्। सन्तुलित मात्रामा दुग्धपदार्थ खाने। दूधको तलतल बढी नै लाग्ने गरेको छ भने पानीको मात्रा बढाउने। सर्बत खाने गर्नुपर्छ।

कफी 
कफीमा पाइने स्टेरोइडले ‘स्ट्रेस हर्मोन’ बढाउँछ। यस्तो हर्मोनले मानसिक तनाव त बढाउँछ नै छालालाई पनि खराब पार्दै लान्छ। त्यही भएर कफीका अम्मलीलाई छाला सुन्दर र स्वस्थ बनाउने चाहना छ भने तत्काल कफीको मात्रा घटाउनुपर्छ। कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ। कफी बढी खाने मानिस चाँडै बूढो देखिन थाल्ने र छाला चाउरिन्छ। कफीको सट्टा हर्बल टी अथवा डिक्याफिनेटेड टी खानु राम्रो हुन्छ।

Read more

Local News