प्रिमियर लिगले इंग्लिस फुटबल क्लब एभर्टनलाई २ वर्षको प्रतिबन्ध

5

कात्तिक २४, काठमाडौँ – प्रिमियर लिगले इंग्लिस फुटबल क्लब एभर्टनलाई २ वर्षको प्रतिबन्ध लगाएको छ। खेलाडी अनुबन्धको नियम उल्लंघन गरेपछि  एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको हाे ।

 

क्लबलाई ५ लाख पाउण्ड जरिवानासमेत गराइएको छ । एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउँदा प्रिमियर लिगको नियम तोडेको बताइएको छ । अब एभर्टनले आफ्नो एकेडमीका लागि १० वर्षदेखि १८ वर्षसम्मका खेलाडीलाई २ वर्षसम्म किनबेच गर्न समेत नपाउने जनाइएकाे छ । – एजेन्सि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here