कात्तिक २५, काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा जोसेको टिम युनाइटेडले बोर्नमाउथलाई २–१ ले हराएको हो ।
११ औँ मिनेटमा विल्सनले गोल गर्दै बोर्नमाउथलाई सुरुवाति अग्रता दिलाए । ३५ औँ मिनेटमा युनाइटेडका लागि एन्थोनी मार्सलले गोल गरे । इन्जुरी समयको दोस्रो मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै जोसेको टिम युनाइटिेडलाई महत्वपूर्ण जित दिलाए ।
जितपछि ११ खेलबाट २० अंक जोडेको म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा उक्लिएको छ । २० अंक नै भएको बोर्नमाउथ छैटौँ स्थानमा छ । राति नै भएका अरु खेलमा वेष्ट ह्यामले बर्नलीलाई ४–२ तथा न्युक्यासलले वाट्फोर्डलाई १–० ले हरायो ।