Sunday, October 27, 2024

अन्तिम समयको आत्मघाती गोलले नापोलीलाई जितायो

Share

कात्तिक २५, काठमाडौँ – इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा अन्तिम समयमा पाएको उपहार गोलको सहयोगमा जित निकाल्दै नापोली दोस्रो स्थानमा उक्लिएको छ ।

अवे मैदानमा भएको खेलमा जेनोआलाई २–१ ले हराउँदै नापोलीले महत्पवूर्ण जित दर्ता गरेको हो । सुरुवाति अग्रता भने घरेलु टोली जेनोआले लिएको थियो ।

२० औँ मिनेटमा क्रिष्टियन कोउआमीले गोल गर्दै जेनोआलाई सुरुवाति अग्रता दिलाए । ६२ औँ मिनेटमा फाबियन रुइजले नापोलीका लागि बराबरी गोल फर्काए । खेल सकिन चार मिनेट बाँकी हुँदा अर्थात ८६ औँ मिनेट जेनोआका लागि घातक बन्यो ।

जेनोआका डेविडे विरास्कीले जोगाउन खोज्दाखोज्दै आत्मघाती गोल गरे । त्यहि गोलले नापोलीलाई जितायो । दोस्रो स्थानमा उक्लिएको उसको १२ खेलबाट २८ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको युभेन्टसको ३१ अंक छ ।

Read more

Local News