Tuesday, September 10, 2024

बोरुसिया डर्टमुण्डले दुईपटक पछि परेर पनि जित निकाल्यो

Share

कात्तिक २५, काठमाडौँ – जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बोरुसिया डर्टमुण्डले दुईपटक पछि परेर पनि जित निकालेको छ ।

अवे मैदानमा भएको खेलमा २६ औँ मिनेटमा रोबर्ट लेवानडोस्कीको गोलबाट बार्यनले सुरुवाति अग्रता लियो । ४९ औँ मिनेटमा बोरुसियाले पेनाल्टी पायो । त्यसमा मार्को रुइसले बराबरी गोल फर्काए ।

५२ औँ मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि बार्यनलाई अग्रता दिलाए । तर यो अग्रता पनि टिक्न सकेन । ६७ औँ मिनेटमा रुइसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।

७३ औँ मिनेटमा पाको अलकेसरले गोल गरेपछि बोरुसिया डर्टमुण्ड ३–२ ले विजयी भयो । शीर्ष स्थानको बोरुसियाको ११ खेलबाट २७ अंक भएको छ । २० अंक जोडेको बार्यन तेस्रो स्थानमा छ ।

Read more

Local News