Tuesday, October 22, 2024

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, ज्यान गुमाउनेको संख्या २५

Share

कात्तिक २५, काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । क्यालिफोर्नियाको उत्तरी शहर प्याराडाइजमा १४ जनाको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या २५ पुगेको स्थानीय अधिकारीले बताएका छन् ।

तीन प्रमुख डढेलोका कारण दुई लाख ५० हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् । गएको बिहीबार क्याम्प फायर डढेलोमा परिणत भएको हो । त्यसकै कारण प्याराडाइज शहरका संरचना ध्वस्त भएका छन् ।

यस्तै दक्षिणी तटीय शहर मालिबु नकिजबाट वुल्फी फायर फैलियो । यो आगो अहिले २८ हजार हेक्टरमा फैलिएको छ । यसैगरी हिल फायर क्षेत्रमा आगलागी भएको छ ।

तीनै क्षेत्रबाट फैलिका आगो तीव्र रुपमा बिस्तार हुँदै गएका छन् । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हो ।

Read more

Local News