Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Friday, May 30, 2025

देशभरि २५ स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन

Share

कात्तिक २८, काठमाडौँ – नेपालका थप स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिर लगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । यस्तै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिर लगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ ।

मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शन लगायतका केबुलकार कम्पनी निर्माणको चरणमा रहेका छन् । त्यसैगरी मौलाकालिका दर्शन प्रालि, मौलाकाली केबुलकार प्रालि, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी, गोसाइकुुण्ड केबुलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबुलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबुलकार लगायतका कम्पनीहरू सञ्चालनको पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल मनकामना र चन्द्रागिरि केबुलकार मात्रै सञ्चालनमा छन् । नेपालमा मनकामना केबुलकार सञ्चालनमा आएको डेढ दशकपछि चन्द्रागिरि केबुलकारले सञ्चालनका लागि स्वीकृति पाएको थियो । त्यस्तै पोखरामा अन्नपूर्ण केबुलकार, ताप्लेजुुङमा पाथिभरा केबुलकार सञ्चानलका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ भने दोलखामा कालिञ्चोक दर्शन सञ्चालनको तयारीमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेर्ने भए पनि अबदेखि केबुलकार (रज्जुमार्ग) को जिम्मेवारी संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई दिइएको छ ।

यता नेपालमा केबुलकार सञ्चालनको प्रशस्त सम्भावना भए पनि सञ्चालन सम्बन्धी कार्यविधि नै छैन । कार्यविधि नबनेका कारण सरकाले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन अनुमति रोकेको छ । जसका कारण अनुमतिको पर्खाइमा रहेका लगभग दुई दर्जन केबुलकार सञ्चालनका लागि अन्योल बनेको छ । नेपालको भूबनोट अनुसार केबुलकार सञ्चालन हुनु सकारात्मक भए पनि एउटै स्थानमा धेरैवटा खुल्नु भनेको अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्न पनि कार्यविधि आवश्यक भएको मन्त्रालयको भनाइ छ ।
राजधानीबाट

Read more

Local News