Wednesday, October 23, 2024

१ लाख ४० हजार घुससहित पक्राउ परेका बौद्धका डीएसपीविरुद्ध मुद्दा दायर

Share

कात्तिक २८, काठमाडौँ – एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अाज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राईले सोनी कम्पनीको टीभी खरिद गरी ल्याइदिन भन्दै व्यवसायीसँग जिन्सी घुस मागेका थिए ।

तर,  पछि टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ  गरेको थियो ।

अनुसन्धानका क्रममा उनले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले  बिगो १ लाख ४०  हजार  कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित  मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

Read more

Local News