Sunday, October 27, 2024

जर्मनीले घरेलु मैदानमा भएको खेलमा रसियालाई ३–० ले हरायो

Share

कात्तिक ३०, काठमाडौँ – रसिया विरुद्धको मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको छ । जर्मनीले घरेलु मैदानमा भएको खेलमा रसियालाई ३–० ले हरायो ।

लिप्जिकमा भएको खेलमा जर्मनीले तीनै गोल पहिलो हाफमा गरेको थियो । आठौं मिनेटमा लेरोई सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा निक्लास सुलेले गोल गर्दै जर्मनीको अग्रता २–० मा लम्ब्याएका थिए ।

४०औं मिनेटमा सर्जी ग्नाब्रीले गोल गरेपछि जर्मनीले पहिलो हाफ अघि नै ३–० को अग्रता लिएको थियो । दोस्रो हाफमा थप गोल हुन नसक्दा जर्मनीले ३–० को जित निकालेका हो ।

Read more

Local News