Sunday, October 27, 2024

बानेश्वरमा भारतीय नम्बर प्लेटको बेवारिसे कार भेटियो

Share

कात्तिक ३०, काठमाडौँ – बानेश्वरको एक कार पार्किङ सेन्टरमा केही सातादेखि भारतीय नम्बर प्लेटको बिएमडब्ल्यू कार वेवारिसे अवस्थामा फेला परेपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको कार एचआर ४६ डी १७८० नम्बरको रहेको छ । कार भारतको हरियाना राज्यमा दर्ता प्रहरीले जनाएकाे छ । पार्किङमा वेवारिसे अवस्थामा फेला परेपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएकाे छ । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले उक्त कारको धनी अझै फेला नपरेको बताए ।

नयाँ पत्रिका 

 

 

Read more

Local News