Tuesday, April 22, 2025

हुम्लामा २ सय ७० ग्राम चरेस सहित एक जना पक्राउ

Share

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाले दुई सय ७० ग्राम चरेस सहित एकलार्इ पक्राउ गरेको छ । सिमकोट गाउँपालिका, ४ हिल्दुमका १८ वर्षिय राजेश शाही खार्पुनाथ गाउँपालिका १ बोक्च्या गौडाबाट लागु पदार्थ सहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी याङचुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको टोलीले शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रबिन श्रेष्ठले जानकारी दिएका छन ।शाहीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

Read more

Local News