Sunday, October 27, 2024

अबन्तेले उत्कृष्ट विद्यार्थीलाई दियो कोरिया जाने प्लेन टिकट स्वरुप ५५ हजार पुरस्कार

Share

कात्तिक ३०, काठमाडौँ – कोरियन भाषा (इपिएस) परिक्षा उत्तीर्ण गर्ने विद्यार्थिहरुलाई अबन्ते एकेडेमिले सम्मान गरेको छ । अबन्ते एकेडेमिबाट इपिएस २०१८ को भाषा परिक्षा उत्तीर्ण गरेका विद्यार्थिलाई हार्दिक होटल बागबजारमा शुक्रबार एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।

एकेडेमिले सिबिटी र पिबिटीबाट भाषा परिक्षा उत्तीर्ण गर्ने सबै विद्यार्थिलाई सम्मान गरको छ । पिबिटिबाट उत्कृष्ट विद्यार्थि निराजन कुवरलाई कोरिया जान प्लेन टिकट स्वरुप रु ५५ हजार नगद सहित सम्मान प्रदान गरेको छ । एकेडेमिले सयमा सय प्रतिशत लिएर उत्तीर्ण गरेका कुवरलाई नगद सहित सम्मान गरेको हो ।

गत वर्ष २०१७ मा एकेडेमिले स्कीम स्वरुप उत्कृष्ट एक विद्यार्थीलाई प्लेन टिकटको बेर्होने घोषणा गरे अनुरुप उक्त पुरस्कार प्रदान गरिएको एकेडेमिका अध्यक्ष हरि बस्नेतले बताउँनु भयो । उहाँले आफ्नो एकेडेमिबाट यो वर्ष १ सय ४७ जना विद्यार्थि उत्तीर्ण भएको जानकारी गराउँदै आउँने सालमा भाषा परिक्षामा फेल भए कुनैपनि शुल्क नलिने समेत घोषणा गर्नु भएको छ ।

त्यस्तै एकेडेमिले अहिले सम्म ३ सय ९८ जना विद्र्यार्थिलाई पढाएर भाषा परिक्षामा उत्तिर्ण गराएको दावि गरेको छ। आफ्नो एकेडेमि अरु भन्दा फरक र उत्कृष्ट नतिजा निकाल्न सफल रहेको भन्दै राम्रो जेहेन्दार विद्यार्थिलाई पैसा नभएको खण्डमा सम्पुर्ण खर्च समेत आफुहरुले बेहोर्ने एकेडेमिको भनाई छ ।

नाफा कमाउँने भन्दापनि गुनस्तरीय शिक्षामा जोड दिने भन्दै एकेडेमिका प्रशिक्षक रोशन आर्चाय मेहनती विद्यार्थिलाई आफुहरुले निशुल्क र गुनस्तर शिक्षा दिएर थप हौसला प्रदान गर्ने बताउँनु भयो ।

त्यसैगरी कार्यक्रममा कोरियन नागरिक तथा प्रशिक्षक सुङ बमले भाषा परिक्षा उत्तीर्ण गरेका तथा एकेडेमिमा अध्यन गर्दै गरेका विद्यार्थिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक सुबास रेग्मी र रिमा श्रेष्ठले पनि उत्तिर्ण विद्यार्थिहरुलाई बधाई तथा शुभकामना दिँदै सम्मान प्रकट गर्नु भएको थियो ।

गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा गएको श्रावन १० गते सार्वजनिक भएको थियो। ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएको परीक्षाबाट ७ हजार ९ सय उत्तिर्ण भएका थिए ।

 

Read more

Local News