Sunday, October 27, 2024

प्रहरी अनुसन्धान डीएनए परीक्षणमा नै जकडियो !

Share

मंसिर १, महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ ।

घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयको डीएनए परीक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Read more

Local News