Wednesday, October 23, 2024

बेगनास तालमा डुबेर एक व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

Share

मंसिर १, पोखरा –पोखरा महानगरको बेगनास तालमा शुक्रबार दिउँसो एक व्यक्तिको डुबेर मृत्यु भएको छ।

झण्डै ३० वर्षजस्तो देखिने उनले रातो टिसर्ट, कालो हाइनेक, हाफ पाइन्ट, रातो चप्पल लगाएका छन्। मृतकको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

स्थानीय सामाजिक कार्यकर्ता कृष्णप्रसाद तिमिल्सिनाका अनुसार दिउँसो ४ बजेतिर बाटो हिँड्ने व्यक्तिले तालमा मानिसको हात देखेपछि स्थानीय डुंगा चालक उद्दारमा जुटेका थिए। तालबाट बाहिर ल्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

उनको मृत्युको बारेमा अहिलेसम्म केही पनि खुल्न नसकेको इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी प्रमुख विष्णुवर सिंहले जानाकारी दिए।

उनले भने, ‘शवको सनाखत भएको छैन, थप अनुसन्धानपछि थाहा होला।’ अहिले शव पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी भइरहेको सिंहले बताएका छन्।

Read more

Local News