Wednesday, October 23, 2024

धनगढीमा २५ बर्षिय एक युवकको हत्या

Share

मंसिर १, धनगढी – सुुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो । वडा नम्वर ४ कै २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रवार राती ९ बजे तिर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।  रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आषिश सेटीलाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले बताउनुभयो । उहाले शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको बताउनुभयो ।

Read more

Local News