Sunday, October 27, 2024

अभिनेत्री नेहा धुपिया ६ महिनामै बनिन् छाेरीकी अामा

Share

मंसिर २, काठमाडौँ – बलिउड अभिनेत्री नेहा धुपिया र अंगद बेदीलाई आइतबार बिहान पहिलो सन्तानका रुपमा पुत्रीलाभ भएको छ ।

६ महिना अघि मे १० मा यो जोडीले गोप्य रुपमा विवाह गरेको थियो । नेहा र अंगद बेदीले यसरी हतार हतार विवाह गर्नुको पछाडि नेहा गर्भवती भएको खबरहरु आएका थिए ।

तर नेहा र अंगदले यस खबरलाई नकार्दै आएपनि पछि भने उक्त खबर साँचो रहेको स्वीकार गरेका थिए । साथै आफुहरु पहिलो सन्तानको मातापिता बन्न लागेको आधिकारीक जानकारी पनि दिएका थिए ।

अभिनेत्री नेहा धुपियाले आफू गर्भवती भएको खबर लुकाउनुको पछाडि उनको कारण काम रहेको बताएकी थिइन् । साथै गर्भवती भएको खबरले आफूलाई कामका अफरहरु बन्द हुनसक्ने डरका कारण उक्त खबर लुकाएको बताएकी थिइन् ।

नेहाले ६ महिनासम्म गर्भवती भएको कुरा कसैले थाहा नपाएको र पेट ठूलो नदेखिएकाले आफूलाई काम गर्न सजिलो भएको पनि बताएकी थिइन । उनी गर्भावस्थामा समेत सक्रिय भएर काम गर्दै आइरहेकी थिइन् ।

पहिलो सन्तानका मातापिता भएका नेहा धुपिया र अंगद बेदीलाई अहिले बलिउड फिल्म उद्योग र फ्यानहरु बधाई तथा शुभकामना दिइरहेका छन् ।

Read more

Local News