Wednesday, February 12, 2025

नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने

Share

मंसिर ४, काठमाडौँ – नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आउँदो संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसअघि प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको बताइएको छ ।

यसअघि आउँदो पुस २ गतेदेखि श्रीलङ्कामा सुरु हुनेगरी खेलतालिका सार्वजनिक गरिएको थियो । नेपालले त्यो प्रतियोगिता आउँदो फागुन २७ देखि चैत ७ गतेसम्म गर्ने एन्फाले जनाएको छ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ ।

यसअघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ ।

Read more

Local News