Tuesday, October 22, 2024

डोल्पाको जनजीविकालाई कथाचित्रण गर्दै बनेको ऐतिहासिक चलचित्र ‘नमस्ते डोल्पा’ युट्युबमा सार्वजनिक

Share

काठमाडौ-  हिमालपारीको जिल्ला डोल्पाको जनजीविकालाई कथाचित्रण गर्दै बनेको ऐतिहासिक चलचित्र ‘नमस्ते डोल्पा’ सोमबार युट्युबमा सार्वजनिक भएको छ ।

नेपाली चलचित्र संसारमा आफ्नो बेग्लै पहिचान बनाउँदै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित निर्देशक एवम् चलचित्र लेखक देव नेपालद्वारा निर्देशीत चलचित्र ‘नमस्ते डोल्पा’मा डोल्पा जिल्लाका रमणीय दृश्यहरुलाई क्यामेरामा कैद गरिएको छ ।

चलचित्रमा निर्देशक देव नेपालले समेत अभिनय गरेका छन । चलचित्रमा निर्देशक नेपाल संगै लोकगायक बिमल डाँगी, दिप सागर, सरिता डाँगी, शिवम पोख्रेल लगायतको अभिनय रहेको छ । चलचित्रको कथा र संगीत पनि गायक डाँगी कै हो । रुपधनी डाँगीको निर्माण रहेको यस चलचित्रलाई निर्देशन देव नेपालले कुशलता पुर्वक निर्देशन गरेका छन । धेरै अवार्डबाट सम्मान प्राप्त गरेका निर्देशक नेपाल चर्चा आएका छैनन् । उनका कृति तथा योगदानको आज हामी चर्चा गर्दैछौ ।

को हुन निर्देशक देव नेपाल

करिब दुई दशक अगाडि सानो पर्दा संगै स्टेजमा राम्रो क्रेज बनिरहेको बखत अझ आफुमा निखारता र नयाँपनको खाँचो महसुस गर्दै थिएटर सम्बन्धि कोर्ष गर्न उनि दिल्ली होमिए । तीन बर्षे नाट्य शास्त्रको कोर्ष गर्दै गर्दा दिल्लीमा थुप्रै नाटक को निर्देशन पनि गर्न भ्याए, उनले ।

नाटक निर्देशन संगै लेखन र अभिनयमा पनि उनि उत्तिकै अब्बल थिए । सोहि कारण उनले लेखेका थुप्रै नाटक दिल्ली का थिएटरहरुमा महिनौं सम्म मञ्चन हुन्थे । दिल्ली सहित बैंगलोर, मुम्बई हुदै बिहार सम्म नाटक मञ्चन गर्दै स्टेज हरुमा पुगे, उनि ।

तीन बर्षको अवधिमा अभिनय ,लेखन र निर्देशनको थुप्रै सैद्धान्तिक अनि व्यवहारिक सीप सिक्ने अवसर पाएको निर्देशक नेपाल बताउछन । कला , मनोरंजन अनि गीत संगीत र अभिनयको हिसाबले दिल्लीमा स्थापित हुनु चानचुने कुरा पनि थिएन । त्यसमाथी दिल्ली हानिनु अघि संगै काम गरेका केहि सहपाठीहरु नेपालमा बिस्तारै चिनिने लेभलको पहिचान स्थापित गराउन सफल भईसकेका थिए । नाट्यशास्त्रको कोर्ष पनि सकियो र उनि पनि होमिए नेपाली चलचित्र र रंगमन्चको दुनियामा आफ्नै पहिचान स्थापित गराउन ।

नेपाल फ़र्किएपछिका केहि महिना उनका लागि सारै नै नमिठो र बिर्सनै नसकिने भएको उनि बताउछन । त्यो समय उनीसंगै दिल्ली जानुपुर्बका स्टेज सेयर गरेका सहपाठीहरू आफै टेलिभिजनमा शो गर्न थालिसकेका थिए । केहि निकट व्यक्तिहरुको कुरालाइ काट्न नसकेर ति शो हरुमा जादा आफ्नै सहकर्मी साथीबाट भएको असहयोग र हेपाहा ब्यबहारले कलाकरवाट निर्देशक देब नेपालको जन्म भएको उनि बताउछन । ” सबैको आआफ्नो इज्जत प्रतिष्ठा छ , ति साथीहरु को हुन् भन्ने चाही भन्दिन ” – उनलाई त्यस्तो ब्यबहार गर्ने व्यक्ति को थिए त भन्ने जिज्ञासामा उनले भने ।

त्यसपछि सुरु भयो उनको वास्तविक संघर्ष ।

लेखन र अभिनयमा उनको अब्बलाता थियो । आफुले गर्न सक्छु भन्ने कुरामा उनिमा आत्मबिस्वास थियो । त्यसपछि सुरुमा उनि लागे फिल्मकालागि नेपालीपन र मौलिकता बोकेको कथाहरुको बारेमा रिसर्च गर्न । केहि समयको अन्तरालमा थुप्रै कथाहरु तयार भए । यो बिचमा केहि साना डकुड्रामा र भिडियो फिल्महरु बनाइसकेका थिए उनले ।

यहि क्रममा उनको भेट भयो चर्चित गायक बिमल डाँगीसंग । उनि चलचित्र निर्माणको सोचाइमा थिए । गायक डाँगी संगको सहकार्यमा देवले निर्देशन गरेर बनाए ऐतिहसिक चलचित्र – “नमस्ते डोल्पा” । चलचित्र देश विदेश राम्रो चर्चा सहित सफल भयो । विशेष गरि देवको निर्देशकीय क्षमताको राम्रो प्रशंसा भयो । चलचित्रले बैंगलोरमा सम्पन्न विशेष डकुड्रामा अवार्ड पायो ।

छुवाछुतको बिरुद्द आवाज उठाउने डकुमेन्ट्री “दिशानिर्देश” , “चेतना ” जस्ता अलग पहिचान बोक्ने डकुमेन्ट्रीहरु समेत उनले बनाइसकेका छन् ।
उनि आफ्नै संजाल बिस्तार गर्दै आफ्नो अलग पहिचान स्थापित गर्न नमस्ते डोल्पाले नै सक्षम गरायो । देव नेपाल फरक पहिचान सहितको निर्देशक हो भन्ने चिनारी नमस्ते डोल्पाले दियो । तत्पश्चात मानव बलि सम्बन्धि चलचित्र “बनझाक्री”ले पनि उनको उचाइ झन् बढायो ।

वादीप्रथाको विषयमा बोल्ने उनको अर्को चलचित्र “मेरो कथा” ले २०६९/७० मा राष्ट्रिय पुरस्कार समेत पायो । यसले उनको झन् उचाइ बढायो । जापानमा समेत राम्रो चर्चा पाएको कमलरी प्रथालाइ उठान गर्ने चलचित्र “एउटै” मार्फत देवको पहिचान झन् उचाइमा पुग्यो । बक्स अफिस अवार्डमा विशेष चलचित्र पुरस्कार यहि चलचित्रले दिलायो । मेरो देश, मन त परदेशी जस्ता मुलधारका केहि चलचित्रमा पनि उनले काम गरिसकेका छन ।

नृत्यमा समेत पारङ्गत नेपालले भारतमा सम्पन्न साउथ एसिया महिला नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड समेत पाएका छन । उनले एक दर्जन भन्दा धेरै हिन्दि तथा नेपाली नाटक समेत लेखेका छन । त्यति मात्र हैन, नौ पटक सम्म मेची महाकाली सास्कृतिक अभियानको संचालनको नेतृत्व उनले गरिसकेका छन । मेरो प्यारो माइतिघर, तिम्रो घर मेरो ससुराली, अग्निसाक्षी, अमर प्रिती र द मास्टर आदि उनले लेखेका व्यवसायीक फिल्म हुन् ।

हेर्नुस चलचित्र 

Read more

Local News