Sunday, October 27, 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ

Share

मंसिर ६, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

बैठकमा पार्टी एकीकरणको प्रक्रिया तथा सांगठनिक एकीकरणका बारेमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

यस्तै बैठकमा पार्टीको तल्लो तहमा एकीकरणका लागि नेताहरुको कार्यविभाजनको खाका पेश हुने सम्भावना पनि छ । गाउँ, जिल्लासहितका पार्टीको तल्लो तहको एकीकरण सम्बन्धी प्रारम्भीक प्रस्ताव तयार गर्न गठित कार्यदलले प्राप्त भएका सुझावका आधारमा आधारमा तयार पारेको प्रारम्भीक खाका प्रस्तुत हुने प्रवक्ता श्रेष्ठले बताए ।

त्यसमाथि सचिवालयमा छलफल हुने र अन्तिम प्रस्ताव तयार गरी स्थायी समिति बैठक बोलाउने तयारी रहेको बताइएको छ ।

यस्तै बिहीबारको बैठकमा पार्टीका केही युवा नेताले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै गरे गरेको पत्रका बारेमा पनि छलफल हुने सम्भावना छ ।

बुधबार २१  केन्द्रीय सदस्यले सरकार र पार्टी सञ्चालनबारे असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

Read more

Local News