Sunday, October 27, 2024

मनाङ मस्र्याङ्दी क्लबले थ्रीस्टार क्लबलाई २–१ ले पराजित

Share

मंसिर ६, काठमाडौँ –  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

यसअघि अपराजित रहेको थ्रीस्टार बिहीबारको खेलमा मनाङसँग २–१ ले पराजित भयो । खेलमा मनाङले १० औं मिनेटमा नै अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । दोस्रो गोल भने थ्रीस्टारका खेलाडीले आत्माघाती गरेका थिए ।

थ्रीस्टारले ८२ औं मिनेटमा पाएको पेनाल्टीमा रञ्जित धिमालले गोल गरेका थिए । जीतपछि मनाङ तीन खेलबाट ९ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

एन्फा एकेडेमी सातदोवाटोमा भएको खेलका क्रममा दुई टिमका खेलाडीबीच पटक पटक विवाद भएको थियो ।

Read more

Local News