Sunday, October 27, 2024

डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना, १५ जनाको मृत्यु

Share

मंसिर ६, डडेलधुरा –  डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। से १ च २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो।

केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका– ११ मा पर्ने रडुवा खोलामा स्कुल बस दुर्घटना भएको हो । स्कुल बस भए पनि सर्वसाधारण यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

मेला भरेर फर्कने क्रममा बस दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । राति भएकाले केही घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

बस सडकबाट पाँच सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए। घाइतेलाई उपचारका लागि आसपासका अस्पतालमा पुर्याइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

Read more

Local News