Wednesday, October 23, 2024

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

Share

मंसिर ७, काठमाडौँ – सर्वोच्च अदालतका पूव प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

उच्च रक्तचाप र मधुमेहबाट ग्रसित गिरीलाई पछिल्लो समय निमोनियाले सताएको थियो । उहाँको मिर्गौलामा पनि खराबी आएको थियो । गिरी सर्वोच्चका १८ औँ प्रधानन्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहनु भएको थियो ।

Read more

Local News