Tuesday, October 22, 2024

सेल्फी खिच्दै गर्दा सिग्नेचर पुलबाट खसेर दुई युवकको मृत्यु

Share

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित सिग्नेचर ब्रिजबाट खसेर दुई युवकको मृत्यु भएको छ। सेल्फी लिनका लागि ब्रिजमा चढेका युवा असन्तुलित भएर लडेका हुन्।

पुलमाथिको सडकमा चलिरहेको मोटरसाइकलमाथि दुवै युवक बजारिन पुगे। मोटरसाइकल तीव्र गतिमा रहेको थियो। युवकलाई ठक्कर दिएपछि मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

घटनाको विषयमा प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ। गतसाता मात्रै मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियाले पुलको उद्घाटन गरेका हुन्।

सबैभन्दा अग्लो सेल्फी प्वोइन्ट भएको पुल सर्वसाधारणका लागि खुल्ला गर्नासाथ दुर्घटना भएको हो।

Read more

Local News