Tuesday, September 10, 2024

रियल मड्रिडले कप्तान रामोसमाथि लागेको आरोपको खण्डन गर्‍यो

Share

मंसिर ८, काठमाडौँ – क्लबका कप्तान सर्जियो रामोसले कार्डिफमा सन् २०१७ मा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलपछि एन्टी–डोपिङ्ग नियम उल्लंघन नगरेको रियल मड्रिडले दाबी गरेको छ ।

जर्मन म्यागजिन डेर स्पिगेलले स्पेनिस खेलाडी रामोसले एन्टी–इनफ्लामेटरी ड्रग डेक्सामेथासोन प्रयोग गरेको दाबी गरेको छ । यो ड्रग्स प्रयोग गरेको जानकारी नगराएमा मात्रै अवैध मानिन्छ ।

रामोसलाई डोपिङ्ग कन्ट्रोल अफिसरले फाइनल अगाडि डेक्सामेथासोनको सट्टामा अरु नै एन्नटी–इनफ्लामेटरी ड्रग लिन भनेको म्यागजिनको दाबी छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले राम्रोले मागेको माफी स्वीकार गरेको छ । रियल मड्रिडले वक्तव्य जारी गरेर रामोसले कहिल्यै पनि एन्टी–डोपिङ्ग कन्ट्रोलका नियम उल्लंघन नगरेको दाबी गरेको छ ।

Read more

Local News