Sunday, October 27, 2024

पाको अलकेसर बार्सिलोनाबाट बोरुसिया डर्टमुण्ड जाने पक्का

Share

मंसिर ८, काठमाडौँ – पाको अलकेसर स्पेनिस क्लब बार्सिलोनाबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड जाने पक्का भएको छ ।

बोरुसियाले उनलाई २२.७ मिलियन पाउण्ड स्ट्रर्लिङ्गमा अनुबन्ध गर्ने भएको हो । पाकोले अलकेसरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पाको अहिले लोनमा जर्मन क्लबमै छन् । उनले बोरुसियाबाट ८ खेलमा ९ गोल गरेका छन् । उनी अब सन् २०२३ को जुन ३० सम्म बोरुसियामा रहने भएका छन् ।

Read more

Local News