Sunday, October 27, 2024

नारायणहिटी संग्रहालयको पुस्तकालय र थियटर बाहेक सबै कक्ष खुला

Share

मंसिर ८, काठमाडौँ – नारायणहिटी संग्रहालयको सबै कक्ष खुला भएको छ । शुक्रबार सबै कक्ष खुला गरिएको हो । पुस्तकालय र थियटर बाहेक सबै कक्ष खुला गरिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

नारायणहिटीको १० वटा कक्ष खुला गर्न पर्यटन मन्त्री रविन्द्र अधिकारी नारायणहिटी संग्रहालय पुग्नु भएको थियो । त्यस क्रममा उहाँले भन्नुभयो –नारायणहिटी दरबार रहस्यमय थियो भनिन्थ्यो, अब त्यो रहेन । आजबाट सबै कक्ष खुला भएका छन् ।

संग्रहालयले हिजो सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु रहेको पाहुना घर र अंगरक्षकको बस्ने कोठा गरी १० वटा कक्ष खुला गरिएको संग्रहालय प्रमुख अद्धैतप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । संग्रहालयले अब चाडै पुर्वराजाले सिनेमा हेर्न निर्माण गरिएको हल र १८ हजार पुस्तक संग्रहित पुस्तकालय कक्ष खुला गर्ने भएको छ ।
नेपाल समाचारपत्रबाट

Read more

Local News