Tuesday, October 22, 2024

करमिक रुपमा भइरहेको जलवायु परिवर्तनकले,अमेरिकी जीवन र भविष्य जोखिममा

Share

मंसिर ८, काठमाडौँ – करमिक रुपमा भइरहेको जलवायु परिवर्तनको असर अमेरिकी जनजीवनमा नराम्रोसँग पर्दै गएको र त्यसका बारेमा चासो नदिइनु गम्भीर रहेको एक सरकारी प्रतिवेदनमा चेतावनी दिइएको छ ।

जलवायु परिवर्तनका कारण अर्बौँ डलरको नोक्सानीसहित मानव स्वास्थ्यमा खराबी र जीवनको गुणस्तरमा कमी आउने प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाको सरकारी निकायले गरेको जलवायु परिवर्तन सम्बन्धी चौथो मूल्यांकन प्रतिवेदनमा भनिएको छ, ‘भविष्य खतरामा छ र कारण जलवायु परिवर्तन र त्यसबारे अहिले गरिएका निर्णयहरु हुनेछन् ।’

प्रतिवेदनमा अघि भनिएको छ, ‘जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य र सुरक्षा, जीवनको गुणस्तर तथा आर्थिक वृद्धिको दरमा असर तथा खतराहरु निम्त्याएको छ ।’

सरकारी निकायको प्रतिवेदन राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषण र बुझाइ भन्दा फरक हो । अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयसम्म जलवायु परिवर्तन मिथ्या वा अफवाह मात्रै रहेको बताए ।

उनले पछिल्लो समय जलवायु परिवर्तन भइरहेको केही स्वीकार गरेको देखिए पनि नियन्त्रणका लागि गर्नु पर्ने प्रयासबाट भने पर छन् ।

ट्रम्पले अमेरिकालाई जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताबाट अलग गरेका छन् । यस्तै उनको प्रशासनले जीवाष्म इन्धन बारेका एजेण्डा जलवायु परिवर्तन नियन्त्रण विरुद्ध छन् ।

यो हप्ता पनि राष्ट्रपति ड्रम्पले जलवायु परिवर्तन र त्यसका कारण भएको विश्वव्यापी तापमान वृद्धिमाथि व्यंग्यात्मक ट्वीट गरे । यसले अमेरिकासहित विश्वभर चर्चा पायो र ट्रम्पको आलोचना भयो ।

उनकै वैज्ञानिकहरु र सरकारी निकायले भने जलवायु परिवर्तनको असर अमेरिकामा गम्भीर रुपमा देखापरिसकेको र तत्काल नाटकीय परिवर्तन हुने गरी निर्णय तथा काम नगरिएमा यो असर महामारीको रुप लिने खालको हुने भन्दै चेतावनी दिएका छन् ।

पछिल्लो प्रतिवेदनमा आँकलनमा भन्दा पनि तथ्यमा आधारित रहेको छ । साउथ क्यारोलिनाका बाँधहरु असुरक्षित बन्दै जानु, विविध बालीको उत्पादनमा कमी आउनु तथा फ्लोरिडामा किटजन्य रोगको संक्रमण बढ्नुलाई प्रमाणको रुपमा प्रस्तुत गरिएको छ ।

यस्तै आर्थिक क्षेत्रमा पनि यसको गम्भीर असर परेको र तत्काल वातावरणीय सन्तुलन तथा आर्थिक गतिविधिबिच समजस्यता बनाउनु पर्नेमा जोड दिइएको छ । राष्ट्रपति ट्रम्प प्रशासनले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्दा वातावरणीय एजेण्डालाई भने बिर्सिएको आरोप छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने अमेरिकाका विभिन्न सरकारी निकायको सहकार्यमा तयार पारिएको प्रतिवेदन गलत रहेको दाबी गरेको छ ।

तर तत्काल जलवायु परिवर्तनका विचार नगरिएका क्षेत्रमा ध्यान नदिएमा अमेरिकामा समस्याको रुपमा विकास हुँदै आएको वाइल्ड फायरको मात्रा बढ्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।

Read more

Local News