Sunday, January 19, 2025

सामाजिक सन्जालका टप फाइभ सेलेब्रिटी

Share

मंसिर ८, काठमाडौँ –  सामाजिक सन्जालका सेलेब्रिटीको बारेमा प्रमुख समाचार बनाएको छ । यसमा कलाकार र नेताहरुको बारेमा लेखिएको छ । नेपालका टप फाइभ सेलेब्रिटीहरुको पहिलो नम्बरमा नायिका रेखा थापा छिन् । समाचारमा लेखिएअनुसार उनका फेसबुक फलोअर्स ३२ लाख ८० हजार छन् ।

कलाकारहरुतर्फ फेसबुकमा नायीका प्रियंका कार्की, गायीका अन्जु पन्त, लोक गायीका मुना थापामगर र नायीका नम्रता श्रेष्ठ छन् ।

यसैगरी ट्वीटरमा टप फाइभको पहिलो नम्बरमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई छन् । उनका ट्वीटर फलोअर्स १० लाख ४० हजार छन् । त्यसपछि क्रमशः नेपाली कांग्रेसका गगन थापा, साझा विवेकशीलका रवीन्द्र मिश्र, राप्रपाका कमल थापा र नेपाली कांग्रेस निकट नायीका मनीषा कोइराला छिन् ।

युट्युब र इन्स्टाग्राममा सबैलाई मोमिस तामाङले उछिनेका छन् । उनको युट्युबमा ५४ लाख ८२ हजार सब्सक्राइब देखिन्छ भने इन्स्टाग्राममा उनलाई १३ लाख ५ सयले फलो गरेका छन् ।

Read more

Local News