Sunday, October 27, 2024

निर्मला पन्तका बुबालाई बेहोस बनाएर उपचारका लागि काठमाडौं लगियो

Share

मंसिर ९, काठमाडौँ – छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा पनि दोषी पक्राउ नपरेको भन्दै धर्ना बसेका बुबा यज्ञराजले केही दिन यता असामान्य व्यवहार देखाउन थालेपछि शनिबार उपचारका लागि काठमाडौं लगिएको छ । कञ्चनपुरकी अधिकारकर्मी निर्मला भट्ट (जोशी) ले थप उपचारका लागि धनगढी विमानास्थलबाट काठमाडौं लगिएको बताएकी हुन् ।

यज्ञराजको साथमा उनकी जेठी श्रीमती दुर्गादेवि, आफन्त ईश्वरी जोशी र गजाधर भट्ट रहेका छन् । अधिकारकर्मी भट्टले यज्ञराजकी जेठी श्रीमती काठमाडौं गए पनि कान्छी श्रीमती धर्नामा बस्दै आएकी बताइन् ।

‘यज्ञराजको उपचारसँगै निर्मलाको न्यायका लागि धर्ना जारी रहन्छ,’ भट्टले भनिन्, ‘न्याय नपाउदासम्म धर्ना गर्ने कार्यक्रम रहन्छ ।’ १३ वर्षीय बालिका निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पूरा हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् ।

यसअघि यज्ञराजले काठमाडौं जान नमाने पछि साँझ सम्म उनीहरु धनगढी विमानस्थलमै अलपत्र परेका थिए । निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी थियो । अन्तिममा उनलाई लट्याउने सुई लगाएर बेहोस बनाएपछि काठमाडौं पठाइएको हो ।

नयाँ पत्रिकाबाट

Read more

Local News