Wednesday, October 23, 2024

झापा आगलागी-‘हारगुहार गर्दा पनि हामीले घर फुटाउन सकेनौँ, रमितेजस्तै हुनुपर्यो’ : गीता सापकोटा

Share

पोस्टमार्टमका लागि शव मेची अञ्चल अस्पताल लगिँदै !

 

मंसिर १०, झापा – ‘घरभित्रका भएका मान्छेलाई आगोले भेटिसकेको थियो, तर घर फुटाउन सकेनौँ, हेर्दा–हेर्दै घरसँगै मान्छे पनि खरानी…’ झापाको शिवसताक्षी–७ की गीता सापकोटाले यसभन्दा अगाडि केही बोल्न सकिनन्।

शिवसताक्षी–७ स्थित लालझोडामा आइतबार राति भएको आगलागीमा परी एकै परिवारका चारै सदस्यको मृत्यु भयो। ‘उद्दार गर्न सक्ने अवस्था नै थिएन,’ सापकोटाले भनिन्, ‘हारगुहार गर्दा पनि हामीले घर फुटाउन सकेनौँ, रमितेजस्तै हुनुपर्यो।’ यद्यपि, घरको पछाडिको भाग फुटाउने कोसिस स्थानीयले गरेको थिए।

राति करिब १० बजे सुरु भएको आगलागीमा परी ३४ वषका लक्ष्मण खनाल, उनकी जीवनसंगिनी २८ वर्षकी राधिका खनाल, छोरी ४ वर्षीया चन्द्रा खनाल र ५ महिने छोरा टीकाराम खनालको मृत्यु भएको छ।

ट्याक्टरका लागि राखिएको डिजेलले लियो ज्यान

छिमेकी गीता सापकोटाका अनुसार लक्ष्मण ट्याक्टर व्यवसायी हुन्। ‘घरको भान्साबाट सुरु भएको आगलागीले पहिले डिजेल राखेको ड्रमलाई भेटेछ,’ सापकोटाले री नै आगो फैलियो।’

आगलागीको ढोकातर्फबाट सुरु भएको सापकोटाले जनाएकी छिन्। ढोको बन्द रहेको र सेन्टरबेरा घरका सबै झ्यालमा फलामे रड लगाइएको हुँदा खनाल परिवार बाहिर निस्कन सकेनन्।

‘झ्यालमा सुरक्षाका लागि लगाइएको रड फोड्न मुश्किल भयो,’ सापकोटाले भनिन्, ‘कोसिस गर्दा पनि छिमेकीलाई बँचाउन सकिएन।’

दमकलको अभाव

घरभित्र रहेका खनाल दम्पत्तीले धेरैबेर हारगुहार गरेपनि स्थानीयबासीले सहयोग गर्न सकेनन्। न त समयमा दमकल नै आइपुग्यो। ‘सिलिण्डर बिष्फोटपछि हामी गाउँले भेला भएका थियौँ,’ उनले सापकोटाले भनिन्, ‘दमकललाई खबर पनि भयो, तर धेरै ढिला गरी दमकल आयो, हाम्रो प्रयास निरर्थक भयो।’

शिवसताक्षी नगरपालिकामा दमकल छैन। जसका कारण बिर्तामोड, मेचीनगर र दमकको दमकल आइञ्जेल पर्खिनु पर्ने हुन्छ। आगलागी सुरु भएको एक घण्टापछि अर्थात् राती ११ बजे मात्रै दमकल आइपुगेको सापकोटाले जनाएकी छिन्।

झापा प्रहरी प्रमुख भीमप्रसाद ढकालले आगलागीका विषयमा अनुसन्धान भइरहेको बताएका छन्। आगलागीमा ज्यान गुमाएका चारै जनाको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको ढकालले जनाएका छन्।

Read more

Local News