Tuesday, October 22, 2024

कांग्रेस जिल्ला सभापतिको भेला नुवाकोटको ककनीमा सुरु हुँदै

Share

मंसिर १२, काठमाडौँ – नेपाली कांग्रेसको जिल्ला सभापतिको भेला बुधबारदेखि नुवाकोटको ककनीमा सुरु हुँदैछ ।  आउँदो २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको धारणा बनाउन बुधबार र बिहीबार ककनीमा भेला हुन लागेको हो ।

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न सभापतिको भेला आयोजना गरिएको जानकारी दिनुभयो । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उहाँको भनाइ छ ।

यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला आउँदो शुक्रबार र शनिबार धादिङको गजुरीमा हुँदैछ ।

Read more

Local News