Tuesday, September 10, 2024

बढी बलात्कार हुने २० ठाउँः शौचालय देखि मन्दिरसम्म

Share

मंसिर १२, काठमाडौँ – वीरगन्ज महानगरपालिका-१८, भवानीपुर सौराहा टोलकी एक महिलालाई राति शौच गर्न घर बाहिर गएका बेला चार जनाले सामुहिक बलात्कार गरेर भिडियोसमेत खिचे । त्यही भिडियो देखाएर पैसा माग्न थालेपछि महिलाले प्रहरीमा उजुरी दिइन् । घटनाका आरोपीहरू मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनी फरार छन् ।

यो घट्ना सार्वजनिक भएपछि कतिपयले घरमै शौचालय नहुनुलाई पनि घट्नाको कारणको रुपमा व्याख्या गरे । तर, गत पााच वर्षको घट्ना केलाउँदा भने सबै भन्दा बढी बलात्कार हुने स्थान नै घर भएको देखिन्छ ।

अनलाइनखबरले १० भदौ २०७० देखि ९ भदौ २०७५ सम्म नेपाल प्रहरीमा दर्ता भएका एक हजार घट्नाको आधारमा बलात्कारका अपराध बढी हुने स्थान पहिचान गरेको छ । अध्ययनमा समेटिएका घट्नामध्ये सबभन्दा बढी अर्थात ३८४ बलात्कार घर वा घर आसपास भएको पाइएको छ ।

घरमै बलात्कार हुनुको अर्थ पीडकहरू आफन्त वा हाडनाता भित्रकै छन् भन्ने होइन । प्रायः घट्नामा बलात्कारीले घरमा कोही नभएको बेला अपराधको मौका छोपेको देखिन्छ । घरमै बलात्कारमा परेकामध्ये अधिकांश शिशु, नाबालक, विरामी, शारीरिक वा मानसिक अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरू छन् ।

यो पनि पढ्नुहोसमलाई आफ्नै नागरिकतासँग डर लाग्छ !

एक हजार घट्नाका १०३४ पीडितमध्ये ३५३ जना १० वर्ष भन्दा कम उमेरका छन् । १३ जना पीडितको उमेर ६० वर्षभन्दा बढी छ । बढी समय घरमा बित्ने उमेर समूहका महिला बलात्कारीको निसाना परेको यो तथ्यांकले देखाउाछ ।

नेपाल प्रहरीका पूर्व डीआर्इजी हेमन्त मल्ल ठकुरी धेरै जसो पीडक परिचित नै हुने भएकाले घर वरिपरि यस्तो घट्ना हुने गरेको बताउँछन् । कति बेला अरु हुँदैनन् भन्ने थाहा पाउनेले नै पीडितको घरलाई अपराधस्थल बनाउने गरेको उनको भनाइ छ ।

पूर्वडीआर्इजी मल्ल अपरिचितको तुलनामा परिचितसाग जोगिन कठिन हुने बताउँछन् । ‘यौन दुर्व्यबहारबारे सानैदेखि शिक्षा दिनु त जरुरी छ नै अभिभावकले निगरानी पनि बढाउनै पर्छ’ उनी भन्छन् ।

अपराधीकै घरमा बलात्कार

१०७ घट्नामा भने पीडकले आफ्नै घर वा कोठामा लगेर बलात्कार गरेको देखिन्छ । काम विशेषले पीडकको घरमा पुगेका, ललाई-फकाई लगिएका वा जवरजस्ती लगिएका घट्ना यसमा समेटिएका छन् । बलात्कारीको घर वा कोठा यस्तो अपराध बढी हुने तेस्रो स्थान हो ।

यो पनि पढ्नुहोसबलात्कारी उम्काउने कानूनी छिद्र, प्रमाण जुटाउनै गाह्रो

दोस्रो बढी बलात्कार हुने स्थान जंगल हो । अध्ययनमा समेटिएका १००० मध्ये १२४ घट्ना जंगलमा भएका छन् । सामुदायिक वन, झाडी, बुट्यानमा भएका घट्नालाई पनि जंगल अन्तर्गत राखिएको छ । जंगलमा यस्तो अपराध कर्म गर्नेहरू परिचित र अपरिचित दुबै छन् ।

चौथो बढी बलात्कार हुने स्थान खेतबारी हो । खेतमा ५३ र बारीमा ३१ घट्ना भएका छन् । बाटामा ४९, होटलमा ४७, बाँसघारीमा २०, खोलामा १४ र विद्यालयमा १२ वटा बलात्कारका घट्ना भएको देखिन्छ । होटलमा बलात्कृत हुनेमा अतिथि र कामदार दुबै छन् । मन्दिरमा पनि ८ वटा बलात्कार भएको देखिन्छ । तर, ८ वटै घट्नाका आरोपी मन्दिरसाग सम्बन्धित छैनन ।

अस्पताल र दसगजा पनि असुरक्षित

गत असार ३१ गते इटहरीस्थित कोशी डेन्टल अस्पतालमा कार्यरत डा. धिरेन्द्र शाह विरामीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परे । मोरङ, सुन्दर हरैचाकी १८ वर्षीय युवतीलाई उपचारको क्रममा करणी गर्न खोजेपछि शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

८ मंसिर २०७४ मा बुढानीलकण्ठ- ८ हात्ती गौंडास्थित चर्चमा १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा थोपरेक- २ नुवाकोटका परीक्षण बिक पक्राउ परे । उनले प्रार्थना गर्न आएकी गोरखा सिरानचौककी युवतीलाई चर्चको शौचालयमा लगेर करणी गरेको प्रहरीको भनाइ छ ।

१८ मंसिर २०७२ मा राजापुर नगरपालिका- १३, कैलालीका ३८ वर्षीय मोहन सिंह ठकुरीलाई प्रहरीले पक्राउ गर्‍यो । उनीमाथि राजापुर- १३, शंकरपुरस्थित दसगजामा १० वर्षीया  बालिकालाई बलात्कार गरेको आरोप छ ।

यो पनि पढ्नुहोससरकारी पुनर्स्थापना केन्द्रको जिम्मा एनजीओलाई !

बस, ट्रक, माइक्रो, ग्यारेज, खेल मैदान, गोठ, खोला, पोखरी, बगैचा, खाली जग्गा, होस्टल, चौर, फुटपाथ, परालको कुन्यो, गोदाम, कारखाना, इाटा भट्टा, नहर, धारा, चिया बगान, सार्वजनिक जग्गा, निर्माणाधीन भवनमा पनि बलात्कार भएको देखिन्छ ।

अधिकारकर्मी डा. रेणु अधिकारी महिलालाई जे गरेपनि हुन्छ भन्ने सोच नहटेसम्म महिलाका लागि जुनसुकै स्थान असुरक्षित भइरहने बताउँछिन् । उनी भन्छिन्, ‘बलात्कार गरे पनि मलाई कसैले केही गर्न सक्दैन भन्ने अवस्था रहेसम्म यस्तो अपराध हट्दैन । ‘

बलात्कार हुने स्थान 

पीडितको घर ३८.४

जंगल १२.४

पीडकको घर १०.७

खेत/बारी ८.४

बाटो ४.९

होटल ४.७

बाँसघारी २

खोला १.४

विद्यालय १.२

शौचालय १.२

बस/ट्रक १.१

बगैचा १.१

पसल ०.९

मन्दिर ०.८

चौर ०.८

गोठ ०.८

खाली भवन ०.८

धारा ०.५

रेष्टुरेण्ट ०.५

अन्य ७.४

Read more

Local News