Wednesday, October 23, 2024

सीमा नाकाबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार

Share

मंसिर १३, कपिलवस्तु – सीमा नाका कृष्णनगरबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार गरिएको छ ।

कुवेत जान भनी घरबाट हिँडेका युवतीहरुलाई सोधपुछको क्रममा कृष्णनगर सीमा नाकाबाट के.आई. नेपालले उद्धार गरेको हो । उद्धार गरिएका युवतीहरु रुपन्देही, कपिलवस्तु र सिन्धुपाल्चोक जिल्लाका रहेको के.आई.नेपाललका संयोजक केशर विश्वकर्माले बताउनु भयो ।

उनीहरुलाई लैजाने दलालको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

Read more

Local News