Sunday, October 27, 2024

देवकोटाको अर्को सांगीतिक कोशेली ‘दही मिठो दारको ठेकीको’ बजारमा (भिडियो सहित)

Share

काठमाडौँ – गायक राजकुमार देवकोटाको अर्को सांगीतिक कोशेली ‘दही मिठो दारको ठेकीको’ बजारमा (भिडियो सहित)

 काठमाडौं चर्चित हास्य टेलीसिरियल ‘रिसानी माफ’का लोकप्रिय कलाकार हिराकाजीको नयाँ लोक आधुनिक गीत बजारमा आएको छ । विहिवार सामाजिक संजाल यूट्यूवमार्फत हिराकाजीको नयाँ गीत ‘दही मिठो दारको ठेकीको’म्यूजिक भिडियो सहित बजारमा आएको हो ।

वास्तविक नाम राजकुमार देवकोटा भएपनि हिराकाजी उपनामले चर्चित छन उनी ।‘दही मिठो दारको ठेकीको’ शीर्षक रहेको लोक आधुनिक गीतको शब्द तथा संगीत चर्चित संगीतकार वसन्त सापकोटाको रहेको छ । उक्त गीतको म्यूजिक भिडियो छायांकन सागर गौतमले गरेका छन, भने निर्देशन बिनोद राई ‘घ्याम्पे सुब्बा’ले गरेका हुन ।

गीतको रमाइलो म्युजिक भिडियोमा कलाकार बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीले अभिनय गरेका छन् । उक्त गीतमा कलाकार देवकोटाले स्वर रहेको छ ।

केही एकल एल्बम सहित दर्जनौं गीत गाइसकेका देवकोटा झण्डै डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन । उनले गाएका गीतहरुमध्ये कल्पनाकी मनकी रानी, मर्थें मर्थें मायामा, निधारमा रातो टीका, आकाश हाम्रा पिता आदि दर्शक स्रोताले रुचाएका थिए ।

Read more

Local News